
दाङ, २१ भदौ । ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ का नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कार्यक्रम गरि स्वागत गरिएको हो ।
जुन कार्यक्रममा गायक निशान भट्टराईले विद्यार्थीहरुलाई नचाएका थिए । उनले बिभिन्न गीतहरु प्रस्तुत गर्दा विद्यार्थीहरु उनको गीतमा छमछमी नाचेका थिए । भिजिट भिषामा, के माया लाग्छ र ? लगायत गीतहरु उनले प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले पनि बिभिन्न संस्कार, संस्कृति झल्किने नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख कमलप्रसाद आर्याल, विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । बक्ताहरुले बिद्यार्थीहरुले यो उमेरमा आफू अनुशासिन भएमा भबिष्यमा ठूलो मान्छे बन्न सकिने बताएका थिए ।
ज्ञान ज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले विद्यार्थीको हौसला बढाउन र आत्मीय वातावरण दिन नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको बताए ।
कार्यक्रमको सञ्चालन शिक्षक सोमराज बस्नेत र सन्तोष केसीले गरेका थिए । ज्ञान ज्योति माविका अनुसार यसवर्षमात्रै ३ हजार ५ सय बढी कक्षा ११ मा भर्ना भएका छन् ।



लाइभदाङ । २१ भाद्र २०८२, शनिबार १९:३२ बजे