दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, १ साउन । दाङको तुलसीपुर स्थित दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । एरिका वलीको जन्मदिनको अवसरमा लायन्स क्लब अफ दाङ र लियो क्लब अफ तुलसीपुर, दाङले कार्यक्रम गरेको हो । लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख बहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय ३२५ एनका गभर्नर लायन बिनोद कुमार श्रेष्ठको प्रमुख अतिथि तथा गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौरका प्रधानाध्यापक विष्णु कुमारी केसीको विशिष्ट आतिथ्यमा भएको हो । कार्यक्रममा धुब्र्र गौतम, तारा पोखरेल र लियो क्लब अफ तुलसीपुर दाङका अध्यक्ष सत्य नारायण चौधरी लगाएतले मन्तव्य राखेका हुन ।

गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर दाङले सञ्चालन गर्दै आएको होस्टेलमा ३२ जना दृष्टिविहीन छात्रछात्रा लाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


लायन्स क्लब अफ दाङका उपाध्यक्ष सरोज लामिछानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव कोमल डिसीले गरेका थिए ।