काँग्रेस तुलसीपुर : हमालको प्यानलबाट लड्नेहरुको नाम टुगो

तुलसीपुर
१ असोज / नेपाली काँग्रेस तुलसीपुरको सभापतिकालागि शुरेस हमाल नेतृत्वको प्यानलले उम्मेदवारको टुंगो लगाएको छ । दिपक गिरी समूहबाट हमाललाई तुलसीपुरको सभापतिकालागि अघि सारिएको छ । त्यस्तै उपसभापतिमा बिनिल केसी र पिमलाल डाँगी तथा सचिवमा सुशील वली र बिमल पौडेललाई उम्मेदवार बनाईने भएको हो ।

त्यस्तै सहसचिवमा झलक बस्नेत र शेषमणि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको सभापतिका उम्मेदवार शुुरेस हमालले बताए । सदस्यहरुको नाम भने अझै टुगिएको छैन । १४ औं महाधिबेशन अन्तरगत यही असोज ९ गते निर्वाचन हुँदैछ ।

तुलसीपुरमा गेहेन्द्र गिरी र दिपक गिरीको प्यानबीच चुनाबी प्रतिस्पर्धा हुने देखिन्छ । दिपक गिरीलाई डिल्ली चौधरी,बुद्धिराम भण्डारी, केशव आचार्य, जगत खड्का लगायतले समर्थन जनाएका छन् । त्यस्तै गेहेन्द्र गिरी प्यानलबाट अनिल कार्कीलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'