६ वटा रोगले ग्रसित भुसालको उपचारकालागि आर्थिक सहयोग संकलन

तुलसीपुर, २९ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी इन्द्रलाल भुसाल ६ वटा रोगले ग्रसित छन् ।

उनको आर्थिक अबस्था कम्जोर भएकाले उपचार पनि प्रभाबित हुँदै आएको छ ।

यसै सन्दर्भमा केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ घर भई हाल अमेरिका बस्दै आएका रोशन भुसालको नेतृत्वमा ७७ हजार २ सय ७३ सहयोग प्राप्त भएको छ ।


‘न घर जग्गा छ, न त अरु कुनै सम्पत्ति रहेको छ ’,उनले भने‘त्यसैले मैले सहयोग गरेको हुँ ।’

आर्थिक अभाव नहुँदा बेडमा पल्टिरहेका छन् । उक्त रकम सञ्चारकर्मी शंकर भुषालले हस्तानतरण गरेका हुन् ।