सेवार खोलामा डाइभर्सन निर्माण हुँदै

तस्बिरःराजनराज न्यौपाने

तुलसीपुर, २६ असार । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवार खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ ।

निर्माणाधीन पुलदेखि मुनीबाट डाइभर्सन बनाउन लागिएको प्रहरीले बताएको छ ।

यस अघि कचवे भन्दा माथिबाट डाइभर्सन निर्माण गरिएको थियो । तर, केही दिन अघि आएको बाढीले त्यो डाईभर्सन भत्काएपछि आवतजावत रोकिएको थियो ।


सोही ठाउँमा पुल निर्माण चालु बर्षदेखि सुरु भएको हो । जहाँ पुल नहुँदा बर्षेनी बर्षादको समयमा सास्ती हुने गरेको छ ।

तीन बर्षमा उक्त पुल निर्माण पूरा गर्ने गरि सम्झौता भएको छ ।