दाङमा नेपाल टेलिकमको सेवा अबरुद्ध

तुलसीपुर, २४ असार । दाङमा नेपाल टेलिकमको सेवा अबरुद्ध भएको छ ।

दाङको चौपट्टामा एडिएसएसमा समस्या आउँदा सेवा अबरुद्ध भएको हो । यस अघि पनि सोही ठाउँमा समस्या आएको थियो ।

मर्मतकालागि प्राबिधिक टोली त्यस तर्फ गएको छ । पटक पटक सेवा अबरुद्ध हुन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एडिएसएसको वैकल्पिक रुट तय गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएकी थिइन ।

यसका लागि नेपाल विद्युुत प्राधिकरणको हाइटेन्सन प्रयोग गर्नुपर्ने र हापुरेसम्म सो लाइन विस्तार भएकाले हापुरे–तुलसीपुर खण्डमा एडिएसएस विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।


सोही तरिकाले लाइन जोडिएमा चौपट्टा क्षेत्रमा आउने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

साथै शान्तिनगर, दंगीशरण र बबईमा पनि एफटिटिएचसहितको टेलिफोन र इन्टरनेट सेवा विस्तारको काम अघि बढ्नेछ ।