ज्ञानदिप कलेजमा आइ टि क्लब गठन

तुलसीपुर, १७ पुष । दाङको तुलसीपुरमा रहेको ज्ञानदिप कलेजमा आइ टि क्लब गठन भएको छ ।
क्लबका अध्यक्षमा कपिल बोहोरा चुनिएका छन भने उपाध्यक्षमा मदसरा खातुन र सचिवमा गंगा चन्द , त्यस्तै कोषाध्यक्ष सफल वली र सदस्य किरण कि.सी सर्बसम्मत भएका छन ।


ज्ञानदिप कलेजमा लामो समयदेखि आइ टि पढाइ भइरहेको छ । कलेजमा आइटी अध्ययनरत विद्यर्थीदलाई नवीनतम प्रविधिक खोज अनुसन्धान तथा प्रविधिक निर्माणलाई सहयोग प्रदान गर्ने उदेश्यले उक्त क्लब गठन गरिएको कलेजले जनाएको छ । त्यस्तै आइटी उपकरण र प्रविधिमा आधारित विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्न र विद्यार्थीहरूको आन्तरिक प्रतिस्पर्धा द्वारा विभिन्न सिपहरुको विकास गर्नका साथै विभिन्न क्षेत्रहरूमा भएका समस्याहरूको प्रविधिक समाधान गर्न सहयोग गर्ने क्लबको उदेश्य रहेको छ ।
क्लब गठन कार्यक्रममा कलेजका शिक्षक शिक्षिका र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।