काठमाडौं, २२ असार ।
पछिल्लो २४ घण्टामा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार वर्षा भएको भूभागमध्ये लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको कुमालगाउँमा ३३८ मिलिमिटर मापन भएको छ। यो घनघोर वर्षा हो। विभागको तथ्यांक अनुसार पाल्पाको गण्डाकोटमा २५३, दाङको लमहीमा २४१, स्याङजामा २४०, दाङ घोराहीमा २३३, अर्घाखाँचीमा १९७ र दाङको लालमटियामा १९१ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै, पर्सामा १८२, बाँकेको कुसुमा र गोरखामा समान १७४, प्युठानमा १७१, पर्वतमा १५८, लमजुङमा १५१ र ललितपुरको लेलेमा १४० र सिन्धुलीमा १२९ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार नै विशेष बुलेटिन जारी गरेर आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै वर्षा हुने प्रक्षेपण गरेको थियो।
लाइभदाङ । २३ असार २०८१, शनिबार १२:०३ बजे