निराश पान्डे
शान्तिनगर, १५ जेठ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटकीय क्षेत्रको विकासमा आफू कटिबद्ध रहेको बताउनु भएको छ। अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिका वडा नम्बर ३ सुकेकोट स्थित सुन्दरादेबी मन्दिरको अबलोकन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो। १ सय २५ बर्ष पुरानो सुन्दरादेबी मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने क्रममा अध्यक्ष बस्नेतले ऐतिहासिक मन्दिरको सम्बर्द्धन गरि आन्तरिक र बाहिय पर्यटक भित्र्याउन सकियो भने यश क्षेत्रले विकासमा फटको मार्ने बताउनु भयो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बि.क ले आर्थिक अभावका कारण मन्दिरमा पानीको उचित व्यवस्थापन गर्न नसकिएकोले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के.सी ले पर्यटकीय क्षेत्र विकासको लागि आफ्नो वडाले विशेष ध्यान दिने बताउनु भयो। उक्त सुन्दरादेबि मन्दिरमा दैनिक रूपमा १५ देखि २० जना दर्सालु भक्तजनहरु जाने गरेको वडा सदस्य पार्बती घर्तिले बताइन । गाउँपालिका चिराघाट देखि १३ किलोमीटरको दुरिमा उक्त मन्दिर रहेको छ।
लाइभदाङ । १५ जेष्ठ २०७९, आईतवार १५:२३ बजे