आफ्ना कर्मचारीमाथि ज्यादती गरेको भन्दै पृथ्वी तारा कन्स्ट्रक्सनको आपत्ति, पक्राउ परेकालाई रिहाइ गर्न माग

दाङ
८ मङ्सिर / प्रहरीले अनाहाकमा आफ्ना कर्मचारीलाई पक्राउ गरेको भन्दै पृथ्वी तारा कन्स्ट्रक्सनले आपत्ति जनाएको छ ।

लमही नगरपालिकाले सञ्चालन गरेको जडीबुटी कवाडी माल जिवित जिवजन्तु बस्तुको पुर्नउपयोग वा व्यबसायिक उपयोग गरेवापत लाग्ने कर संकलनमा खटिएका आफ्ना कर्मचारीमाथि प्रहरीले ज्यादति गरेको उसको दावी छ।

बुधबार कर्मचारी नेत्र लामा, मनोज लामा र लुमबहादुर बस्नेतले कर संंकलन गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको छ । आफूहरुले भदौ १७ गतेदेखि नगरको पूर्वी सिमाना नर्ती र पश्चिम सिमाना अमियिामा कर संकलन गर्न अन्य स्थानबाट निकासी कर नतिरि आउने बस्तुमा कर उठाउने गरेको विज्ञप्ति जारी गरि उल्लेख गरिएको छ ।


तर, बुधबार लु २ ज २०५७ नम्बरको गाडीले कुनै स्थानमा पनि कर नतिरेको र कर उठाउन खोज्दा अटेरी गरेपछि विवाद सिर्जना भएको र सीडीओको आदेशमा प्रहरीले आफ्ना कर्मचारीलाई पक्राउ गरेको कम्पनीले बताएको छ ।

लमही नगरपालिकासंग सम्झौता गरेर सोही अनुसार काम गर्दा पनि प्रहरीबाट हस्तक्षप हुनु गलत भएको समेत विज्ञप्तिमा उल्लेख छ । यसमा लमही नगरपालिकाले पनि गम्भीरताकासाथ लिनुपर्ने समेत उल्लेख गरिएको छ ।