एसईईमा छात्रा तर्फ अमर माविकि दिक्षिया टप

तुलसीपुर, १८ असार ।
गएको बिहिबार सार्वजनिक भएको एसईई परीक्षाका नतिजामा तुलसीपुरका सामुदायिक विद्यालयको नतिजा सार्वजनिक भएको छ ।

तुलसीपुरका २५ विद्यालयबाट १ हजार २ सय १९ जना उत्तिर्ण भएको शिक्षा महाशाखा तुलसीपुरले जनाएको छ । यँहाबाट १ हजार ९ सय ९१ परीक्षार्थी सहभागी भएकोमा ६१.२३ प्रतिशत उत्तिर्ण भएको शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिएका छन ।

जस अनुसार सबैभन्दा टप गुरुजजुर माविका विशाल योगीले ३.९५ जिपिए ल्याएका छन् । त्यसपछि अमर मावि उरहरीकी दिक्षिया खत्रीले ३.८६ जिपिए ल्याएर दोस्रोमा हुदा शहिद स्मृतीका छात्र जिवन बुढा मगरले ३.८२ ल्याएर तेस्रोमा रहेका छन् ।


यसैविच नगरका विद्यालयमा अमर माविकि दिक्षिया खत्री दोस्रोमा तथा छात्रा तर्फ प्रथम भएकोमा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले खुसी ब्यक्त गर्दै उज्ववल भविष्यको कामना समेत गरेका छन् । एसईई लागु भएयता यो नै उत्कृष्ट नतिजा भएको प्रधानाध्यापक वलीले बताए ।

देशभरको नतिजा खस्कीएको अवस्थामा विद्यालयले भने नतिजा सुधार गर्दै लगेको छ । विगत केहि बर्षदेखि विद्यालयले उत्कृष्ट नतिजा ल्याउदै आएकोमा विद्यार्थी, शिक्षक तथा अभिभावक सबै प्रति धन्यवाद ब्यक्त गरेका छन् ।