तुलसीपुुरमा सुनाखरी सिकाई मेला हुने

दाङ
२० मंसिर / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित मावि कालाखोलामा सुनाखरी सिकाई मेला हुने भएको छ । तुलसीपुरका बिभिन्न ८ वटा विद्यालय र तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आगामी पुस १४ गते सिकाई मेला आयोजना गरिएको हो ।

माबि कालाखोलाका प्रधानाध्यापक राजिब ओझाका अनुसार विद्यार्थीमा ब्यबहारिक ज्ञानको विकास गर्न उक्त मेला आयोजना गरिएको हो । आयोजकमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय सहित माबि कालाखोला, सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्री सक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योती माबि तुहिरनियापुर रहेका छन् ।

मेलामा नगरभित्रका बिभिन्न आठ बिद्यालयका बिद्यार्थीले आफुले गरेका परियोजना कार्य समेट्ने र बिद्यार्थीहरुलाई ब्यबहारिक सिकाई सिकाउने मुख्य उद्देश्य रहेको बिद्यालयका शिक्षक तथा मेला संचार उपसमिती संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिइन । त्यस्तै बिद्यार्थी र शिक्षकलाई बिद्यालय भित्र तथा बाहिर शिक्षण सिकाई गर्दा आबश्यक पर्ने ब्यबहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्य रहेको उनको भनाई छ ।


उनका अनुसार तोकिएका बिभिन्न आठ बिद्यालयका बिद्यार्थीहरुले समेट्ने परियोजना कार्यलाई स्टलमा राखेर प्रaदर्शनी गरिने भएको छ । जस्मा मुख्य ८ बिद्यालयमध्ये प्रत्येक बिद्यालयका २ वटासम्म गरि २० वटा स्टल रहने र अन्य अतिथी बिद्यालय गरेर ४० वटा शैक्षिक स्टल रहने उनले बताईन् ।

मेलामा आयोजक बिद्यालयका बिद्यार्थी र शिक्षक तथा अन्य अतिथी गरि करिब सात हजार जनाले सिकाई मेलाको अबलोकन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।