लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा बैदिक

दाङ,१ असार ।
लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त बैदिक नियुक्त हुनु भएको छ । प्रदेश मुख्यमन्त्रीले विज्ञका रुपमा बैदिकलाई नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐन, २०७५ को दफा १० तथा अनुसूचि २ बमोजिम उहाँलाई नियुक्त गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी बैद्धिकले ‘लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सबाट अर्थ शास्त्रमा स्तातकोत्तर गर्नुभएको छ । उहाँसंग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ ।


उहाँले मन्त्रालयमा वित्तिय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेश स्तरीय आर्थिक अबस्था र आबश्यकताका बारेमा भूमिका निर्वाह गर्नु भएकाे थिया ।

उहाँले सचिब सरह सुबिधा पाउनुहुनेछ ।