तुलसीपुरमा आए एकल सिट भएका बस

तुलसीपुर, ११ जेठ । दाङको तुलसीपुरमा एकल सिट भएको एसी बस सञ्चालनमा आएको छ । आईतबार अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालिले २/१ सिट भएका गाडी सञ्चालनमा ल्याएको हो ।

जसमा एकातिर दुई जना बस्न मिल्ने फोल्डिङ सिट छन्, भने अर्को तिर एक जना मात्रै बस्न मिल्ने फोल्डिङ सिट भएका बस रहेका छन् । जुन जिल्लामा पहिलो पटक भित्रिएको प्रालिका अध्यक्ष घनश्याम बस्नेतले बताए । उनका अनुसार सापट ब्रेक भएका ति गाडी जस्तो चिप्लोमा पनि सजिलै रोकिने र नचिप्लिने बताए ।“यी गाडीहरुहरु ठाउँको ठाउँ रोकिन्छन्”,उनले भने“यस्ता गाडी हामीले जिल्लामा पहिलो पटक ल्यायौं।” ३४ सिट भएको उक्त गाडीको दाङ–काठमाडौं भाडा रु २ हजार मात्रै कायम गरिएको छ । एक करोड १५ लाख पर्ने त्यस्ता गाडी चारवटा ल्याईएको उनको भनाई छ । अहिले ४ वटा त्यस्ता बस आएका छन् । साँझ ६ बजे दाङको तुलसीपुरबाट ति गाडी काठमाडौंकालागि हिड्नेछन् ।

ति गाडीको सेवा आईतबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका थिए । त्यस अवसरमा पूर्व मुख्यमन्त्री चौधरीले विगतमा गाडी देख्दा पनि अनौठो लाग्ने गरेको भएपनि अहिले नयाँ–नयाँ सुविधाका गाडीहरु आएको भन्दै यसले यातायात सहज बनाएको बताए । उनले जहाज मात्रै होईन् गाडीमा जाँदा पनि सहजै यात्रा गर्न सकिने बताए ।


कार्यक्रममा यातायात कार्यालय दाङका प्रमुख टोपेन्द्र केसी,संस्थापक अध्यक्ष भरतप्रसाद रेग्मी,विभागिय संयोजक चिन्तामनी आचार्यले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आर्थिक समिति संयोजक भिमबहादुर केसीले गरेका थिए ।