ग्वारखोला पुलबाट मोटसाइकल खस्दा दुई जना घाईते

दाङ, १४ असार । दाङको ग्वारखोला पुलबाट मोटरसाईकल खस्दा दुईजना घाइते भएका छन् ।

घाईतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । तुलसीपुर १२ पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा३ प ३७५० नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजेतिर तुलसीपुर १२ ग्वारखोला पुलमा अनियन्त्रित भई पुलबाट खसेको हो ।

सोही दुर्घटनामा परि तुलसीपुर १६ निवासी २० बर्षीय सागर नेपाली गम्भीर घाईते भएका छन् । उनको छातिमा चोट लागेको छ । उनलाई उपचारकालागि नेपालगञ्ज लगिएको छ ।
यस्तै सोहि ठाउँका ३५ वर्षका तारा बहादुर धितालको टाउको र खुटामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । सडकबाट करिब १५ मिटर तल खसेको छ ।


कार दुर्घटना
तुलसीपुरमा कार दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । तुलसीपुर-घोराही सडकखण्ड अन्तगर्त तुलसीपुर-७ राजापुरमा शुक्रबार (आज) बेलुका पौने आठ बजेतिर भएको बा १६च १९५५ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक तुलसीपुर-६ का २५ वर्षिय बिजय गिरी, तुलसीपुर-१२ का २७ वर्षिय जोयल गिरी, तुलसीपुर-११ बस्ने बर्ष २७ का कृष्ण केसी घाईते हुनुभएको छ । घाईते तीनै जनाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।