
दाङ, ०६ भदौ।
दाङमा खसीको मासुको मूल्य वृद्धि भएको छ। खसीको मासुको मूल्य प्रतिकिलोग्राम १ सय रुपैयाँले बढाइएको हो।
यससँगै अब खसीको मासु प्रतिकिलोग्राम १ हजार १ सय रुपैयाँ पर्ने भएको छ। यसअघि खसीको मासु प्रतिकिलोग्राम १ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो।
मूल्य वृद्धिसँगै उपभोक्ताले खसीको मासु खरिद गर्दा प्रतिकिलो थप १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।



लाइभदाङ । ६ भाद्र २०८३, शनिबार १०:३४ बजे