कांग्रेस केन्द्रीय सदस्यमा दाङका गेहेन्द्र गिरी निर्वाचित

तुलसीपुर
८ पुस / नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङ तुलसीपुरका गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

खस–आर्य कोटाबाट १ हजार सातसय ९६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । गिरी पूर्व सांसद हुन्, भने पार्टीका पूर्व जिल्ला सभापति हुन् । देउवा प्यानलबाट उनले विजयी हाँसिल गरेका हुन् ।


यस अघि दाङबाटै कृष्ण किशोर घिमिरे, दीपक गिरीलगायतले केन्द्रीय सदस्यमा जित हात पारेका थिए ।