अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक सम्पन्न

कास्की, ११ असार ।
अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक कृषि अनुसन्धान केन्द्र लुम्ले पोखरा, कास्कीमा सम्पन्न भएको छ ।

‘श्रमिक पक्षिय यातायात ऐन निर्माण,सामाजिक सुरक्षा कार्यान्वयन र मर्यादित श्रमको लागी राष्ट्रिय अभियान’ भन्ने मुल नाराका साथ दोस्रो पुर्ण बैठक गरिएको हो ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष दिपक के.सी.को अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र) स्थायी कमिटी सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि घर्तीले यातायात क्षेत्र एउटा जोखिम क्षेत्र भएको र सामाजिक सुरक्षा कोष तथा श्रम एन मजदुरको हितमा भएको हुदा सामाजिक सुरक्षा कोष लागु भए मात्र मजदुरको भविष्य सुनिश्चित हुने हुँदा यसलाई लागु गराउन समपुर्ण ट्रेड युनियन तथा पेसागत संगठनका नेताहरू लाग्नु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिंखडा, बरिष्ठ उपाध्यक्ष धनबहादुर वि.क, महासचिव शालिकराम काफ्ले लगाएतले आफ्ना भनाइ राखेका थिए ।

अखिल नेपाल यातायात मजदुर संघका उप–महासचिव घनश्याम डाँगीले भारतिय ट्रकहरू सामान लिएर सिधै नेपाल भित्रीदा नेपालका हजारौं यातायात स्वरोजगार तथा मजदुरहरू बेरोजगारीको कारण पलाएन भएको हुँदा भारतीय ट्रकहरुलाई रोक्नुपर्ने बताए।

बरिष्ठ उपाध्यक्ष सुन्दर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव शरद सुवेदीले गरेका थिए ।