राप्तीमा बेकरी,हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी तालिम शुरु

तुल बहादुर कवँर मगर
भालुबाङ, १० असार ।
दाङको राप्ती गाउँपालिकामा बेकरी,हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ।

“राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ गाउँपालिकाकाे उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम शुरु भएको हाे।

व्यावसाय गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यावसायमा जाेड्ने उदेश्यले तालिम सञ्चालन गरिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।


त्यस्तै अध्यक्ष विष्टले तालिमले सहभागीहरूकाे आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।

१८ जनाकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा निरज जाेशी रहनु भएको छ।