तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

तुलसीपुर, १० असार ।
दाङको तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-४ खाद्रेका बिक्रम बिकका छोरा १० वर्षिय सुबास बिक रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरको आगनमा बसेर मोबाईल चलाइरहेको अवस्थामा आज बेलुका ६ बजेको समयमा एक्कासि चट्याङ बालक बेहोस भएका थिए ।


उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनी साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको बाहिरी चोटपटक केही नदेखिएको प्रहरीको भनाइ छ ।