दाङ र रुकुममा नेपाली सेनामा भर्ना खुला

तुलसीपुर, २९ कात्तिक ।
नेपाली सेनाले दाङ र रुकुम पश्चिममा सैन्य पदका लागि नयाँ भर्ना खुला गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालयका अनुसार दाङको घोराहीस्थित श्री ज्वालादल गण, भरतपुर र रुकुम पश्चिमको श्री चण्डीदल गण, सल्ले मा भर्ना प्रक्रिया सुरु गरिएको हो। यस वर्ष ज्वालादल गणमा १०० जना र चण्डीदल गणमा ५० जना सहित कुल १५० जनाको कोटा निर्धारण गरिएको छ।

🔹 दाङ (ज्वालादल गण) को कोटा विवरण (१०० जना)
*  सैनिक परिवारका सन्तान — ५
*  खुला — ५२
*  महिला — ८
*  आदिवासी जनजाति — १३
*  मधेसी — १२
*  दलित — ७
*  पिछडिएको समुदाय — ३

🔹 रुकुम पश्चिम (चण्डीदल गण) को कोटा विवरण (५० जना)
*  सैनिक परिवारका सन्तान — ३
*  खुला — २६
*  महिला — ४
*  जनजाति — ७
*  मधेसी — ६
*  दलित — ३
*  पिछडिएको — १


भर्ना छनौट निर्देशनालयका अनुसार इच्छुक नेपाली नागरिकले कात्तिक २८ गतेदेखि मंसिर २७ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्।भर्नाका हुन लागि १८ वर्ष पुरा भइ २२ वर्ष ननाघाकेको हुनुपर्ने छ ।

सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्:
Vacancy & Requirements (नेपाली सेनामा पदपूर्ति सम्बन्धि सूचना)