दाङमा ट्याक्टर दुर्घटनाका एक घाईतेको मृत्यु

तुलसीपुर, ४ असार । दाङको शान्तिनगरमा भएको ट्याक्टर दुर्घटनामा परि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते शान्तिनगर गाउँपालिका – २ का ५१ बर्षीय धनबहादुर भण्डारीको उपचारका क्रममा बाँकेस्थित नरसिंह होममा मृत्यु भएको हो । उनको आईतबार तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि बाँके रेफर गरिएको थियो ।

घाइतेहरु शान्तिनगर गाउँपालिका – २ का २३ बर्षीय उमेश भण्डारी, ३९ बर्षीय भिमबहादुर बुढाथोकी र ५२ बर्षीय लाटो रानाको उपचार जारी छ ।


सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका – १ नयाँ बस्तिस्थित गुन्डले खोलामा खिलतपुरबाट अमवा तर्फ ढुँगा लोड गरि जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

ट्याक्टरमा सवार ६ जना मध्य एक जनालाई केही नभएको तथा ट्याक्टरका चालक फरार छन् । ट्याक्टर चालकको खोजी भइ रहेको छ ।