
तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले दुई वर्षमा ७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नती गरेको छ । वडाध्यक्ष दुजमान भण्डारीका अनुसार सडक निर्माणलाई प्राथमिकता दिदै सडक स्तरबृद्धिको काम अघि बढाएको उनको भनाई छ । पछिल्लो दुई वर्षमा ५ वटा कल्भर्ट, १२ सय मिटर पक्की नाला निर्माण गरिएको उनको भनाई छ । “विकासको एउटा सूचक सडक स्तरबृद्धि पनि हो”,उनले भने “सोही अनुसार सडक स्तरबृद्धिको कार्यलाई तिब्रता दिएका छौं ।” साथै ५ किलोमिटर सडक कालोपत्रे समेत भएको छ, भने मदन आश्रित मार्गलाई अक्सफाल्ट प्रबिधिबाट कालोपत्रेको सुरुवात गरिएको छ ।
सडक स्तरबृद्धिको क्रममा ८० वटा विद्युतका पोल ब्यबस्थापन गरिएको छ, भने ६० वटा नयाँ पोल पनि थप गरिएको छ । साथै वडाको आन्तरिक रिङरोड निर्माणको काम पनि अघि बढेको छ । साथै १ हजार मिटर सिंचाई कुलो पक्की गरिएको छ ।
साथै उज्यालो वडा अन्तर्गत टोल–टोलमा सडक बत्ति समेत जडान गरिएको छ , भने वडाका तीन स्थानमा सार्वजनिक शौचालय समेत सञ्चालनमा ल्याईएको अध्यक्ष भण्डारीले बताए ।
वडाले निःशुल्क निवेदन लेखन कार्य गर्नुकासाथै इ–सिफारिशको समेत सुरुवात गरेको छ । सडक नपुगेका क्षेत्रमा सडकको ट्रयाक खोल्ने कार्य पनि भइरहेको उनले बताए ।
वडाले खेल मैदान निर्माणलाई पनि अगाडी बढाएको छ । गौरीडाँडा खेलकूद मैदानकालागि जग्गा अधिग्रहण गरि निर्माणलाई अघि बढाइएको छ । यस वडाले आर्थिक बर्ष २०८०/०८१ मा सबै भन्दा बढि १ करोड ११ लाख ५५ हजार राजश्व संकलन गरेर पुरस्कृत समेत भएको थियो ।
चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो चौमासिकमा पनि ३८ लाख १४ हजार २ सय ४७ राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा बढि हो । अघिल्लो आर्थिक बर्षमा ३५ लाख ३५ हजार राजश्व संकलन गरेको थियो । साथै वडाका चालु बर्षमा परेका २५ योजना मध्ये पाँच वटा योजना पूरा भइसकेका छन्, भने १३ वटा योजनाको काम सुरु भएको छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ३ माघ २०८१, बिहीबार २०:०३ बजे