एमाले महासचिब पोख्रेलद्वारा जलेका संरचनाको अवलोकन

तुलसीपुर ,११ कात्तिक ।
नेकपा(एमाले)का महासचिब शंकर पोखरेलले दाङको तुलसीपुर स्थित जलेका संरचनाको अवलोकन गर्नुभएको छ ।

मंगलबार तुलसीपुर पुगेका महासचिब पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, उच्च अदालत तुलसीपुर, आन्तरिक राजश्व कार्यालय तुलसीपुर विजौरी स्थित आफ्नो निवास, काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी, एमाले केन्द्रीय सदस्य कोमल वलीको रिसोर्ट, तुलसीपुर स्थित एमाले पार्टी कार्यालयको अवलोकन गर्नुभएको हो ।


त्यस अवसरमा महासचिब पोख्रेलले यस्तो विध्वंस विगतका आन्दोलनमा नभएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको भवन अवलोकन पस्चात प्रतिक्रिया दिदै महासचिब पोखरेलले भन्नुभयो“विगतमा पनि ठूला–ठूला आन्दोलन भएका थिए, तर यसरी सरकारी संरचना माथि क्षति भएको थिएन ।”

पञ्चायती ब्यबस्था विरुद्ध भएको आन्दोलन तथा २०६२/०६३ को जन आन्दोलनमा पनि यति धेरै क्षति नभएको उहाँको भनाई थियो ।“ पञ्चायती ब्यबस्था विरुद्ध पनि ठूलो संघर्ष भयो, जसबाट सफलता पनि प्राप्त भयो, त्यतिबेला पनि लार्खौ जनता सडकमा थिए । तर सरकारी संरचनामा कुनै क्षति भएको थिएन”,उहाँले भन्नुभयो“ ०६२/०६३, मा पनि लाखौ जनता सडकमा थिए तर यस प्रकारले राष्ट्रको सम्पदामा पनि कुनै पनि क्षति भएन ।” अहिले जेनजीका नाममा घुसपैठ हुँदा यसरी ठूलो क्षति भएको उहाँको भनाई थियो । यसरी क्षति गर्नु राष्ट्रका लागि ठूलो घात भएको समेत उहाँले प्रतिक्रिया दिनुभयो । लोकतन्त्रलाई पछि फर्काउने प्रयत्नका रुपमा त्यसलाई लिनु पर्न समेत उहाँले बताउनुभयो । उहाँसंगै एमाले नेतृ सुजिता शाक्य, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको समेत सहभागिता थियो ।