दाङमा ट्याक्टर पल्टिदा चारजना घाइते

तुलसीपुर ३ असार । दाङमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर गाउँपालिका १ नयाँ बस्तीस्थित गुन्डले खोलामा पल्टिएको हो ।


खिलतपुरबाट अमुवा तर्फ ढुङ्गा लोडगरी जादै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रि शान्तिनगर गाउँपालिका २ बस्ने ३९ वर्षीय भिम बहादुर बुढाथोकी, सोही ठाउँ बस्ने ५२ वर्षीय लाटो राना, २३ वर्षीय उमेश भण्डारी र ५१ वर्षीय धन बहादुर भण्डारी रहेका छन् ।

सोमबार बेलुका पौने ८ बजेतिर दुर्घटना हुँदा घाईते भएका चारै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ट्याक्टरमा ६ जना सवार थिए । त्यस्तै ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । एकजनालाई भने सकुसल छन् ।