तुलसीपुरमा दिनदहाडै रड प्रहार, आज राति न्यूरोडमा ट्याक्टर चालक घाइते

तुलसीपुर, १२ पुस । दाङको तुलसीपुरमा दिनदहाडै रड प्रहारका घटना हुने गरेका छन् ।
मंगलबार मात्रै तुलसीपुरको न्युरोडमा एक ड्राइभरमाथि रड प्रहार भएको छ । प्रहरीका अनुसार सडकमा हिडिरहेको अबस्थमा ट्याक्टर चालक तुलसीपुर –६ निवासी प्रताप रानालाई युवाको समूहले फलामको रड प्रहार गर्दा टाउकाको विभिन्न भाग काटिएको छ ।


घटनामा संलग्न रहेको भन्दै तुलसीपुर– ६ निबासी राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई जना भने फरार भएका छन् । घटना राति ८ बजेतिर भएको हो ।
त्यस्तै सोमबार साँझ पनि तुलसीपुरको हात्तीखौवामा रड प्रहार गर्दा २ जना युवा घाइते भएका थिए । यो दुई दिनमा तुलसीपुरमा विभिन्न स्थानमा ३ जना युवकमाथि रड प्रहार गरि आक्रमण भएको छ ।