तुलसीपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एकजना गभ्मिर घाइते

कृष्ण अधिकारी
तुलसीपुर, ३ असार ।  दाङको तुलसीपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एकजना गभ्मिर घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउपलिका–२ निवासी ४० वर्षीय लोक बहादुर बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ७९२१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा १ त ३०३८ नम्बरको ट्याक्टर तुलसीपुर–६ हात्तिखौवा नजिकै गएराती पौने ९ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज को नर्सिङहोम हसपीटल रिफर गरिएको छ । दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।