लायन्स र रगतको नाता गहिरो छ : श्रेष्ठ

निरला अर्याल
तुलसीपुर, ३२ जेठ ।
विश्व रक्तदाता दिवसको अवसर पारी लायन्स क्लव अफ दाङ क्यापिटलले रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नारा सहित उक्त कार्यक्रम प्रादेशिक अस्पतालको रेडक्रस भवनमा सम्पन्न गरेको हो । लायन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गवर्नर विनोद श्रेष्ठले लायन्सको रगतसंगको नाता गहिरो रहेको बताउनुभयो ।

लायन्सले रगत दिन मात्र होइन जुन क्षेत्रमा अभाव छ त्यो ठाउँमा दिन जानेको छ । समाजमा लिन होइन दिन जानेको एउटा पवित्र संस्था हो श्रेष्ठले भन्नु भयो। निस्वार्थ भावले समाजसेवा दाङ क्यापिटलले आग्रह पनि गर्नु भएको छ। यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष विनिल केसीले रगत अभावले बिरामी ज्यान जानबाट बचाउन समाजमा युवाहरु अग्रपंक्तिमा रहेको बताउनु भयो।

सृजनशील कार्यमा युवाहरुलाई अभिप्रेरित गर्न तथा आपराधिक क्रियाकलापबाट टाढा राख्न रक्तदान जस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्छ। खेर गाइरहेको रगतलाई दान गरेर जीवनमा ठूलो पुण्य प्राप्त गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन केसीले भन्नुभयो ।


रक्तदान गर्ने रक्तदाताको सम्मान ले रक्तदान गर्न मन् नपराउनेहरुको लागि सहयोग गर्ने, आत्म सन्तुष्टि हुने, नकारात्मक कुरामा ध्यान नजाने, अनुशासनमा रहनको लागि अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने समाजसेवी पदम पोख्रेलले बताउनु भयो। दाङ क्यापिटलले रक्तदान मात्र होइन आगलागीको क्षेत्रमा ,बाढी पहिरो लगायत विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको बताउनु भयो।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल तिनाउका सचिव ओम प्रकाश बस्याल, दाङ क्यापिटलका संस्थापक अध्यक्ष हिमाल डाँगी लगायतकाले शुभकामना दिनु भएको थियो ।

जिल्लामा रगतको अभाव हुन नदिन र रक्तदलाई विशेष सम्मानका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दीपक केसीले बताउनु भयो। सो अवसरमा १० जनाले रक्तदान गरेका थिए। कार्यक्रमको सहजीकरण सचिव प्रकाश भुसालले गर्नु भयको थियो ।