राप्ती नदिमा डुबेर बालकको मृत्यु

दाङ, २६ जेठ  । देउखुरीमा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षिय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसंग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए, करिब ५:३० बजेको समयमा नुहाउदै गर्दा राप्ती नदीमा डुबेका थिए ।


मृतक राहुलको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।