राप्तीमा विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ३२ जेठ ।
दाङको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

सो अवसरमा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले बालबालिकाहरूको पोषण स्वास्थ्यमा सुधार गर्न विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।


त्यस्तै उहाँले यस कार्यक्रमलाई शिक्षा र स्वास्थ्यसँग सम्बन्धित निकायहरूको समन्वयबाट प्रभावकारी कार्यान्वयन गरी विद्यार्थीहरूको स्वास्थ्य स्थितिमा सुधार आई शैक्षिक उपलब्धिमा गुणस्तरीयता कायम हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाकी सह संयोजक भारती सन्यासी र पोषण संयोजक धन बहादुर बुढा क्षेत्रीले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।