बालबिबाह तथा लैंगीक हिंसा अन्त्यका लागि बृहद छलफल

दिप्तीशिखा चौधरी,


दंगीशरण, १० फागुन । 
बालबिबाह तथा लैंगीक हिंसा अन्त्यका लागि बृहद छलफल तथा सामुहिक प्रतिबद्धता कार्यक्रम आज दंगीशरण गाउँपालिका वडा न. ३ चितानपुरमा सम्पनन भएको छ । घरबाट नै लैंगीक हिंसा अन्त्य भन्ने नारालाई सार्थकता दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतीथी दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले लैंगीक हिंसाका घटनाहरु नकारात्मक सोचले गर्दा हुने भएकाले यसलाई न्युनीकरण गर्नका लागि सरोकारवालाहरुको मुख्य भुमिका हुनुपर्ने बताउँनुभयो । निती नियम देखि लिएर बिभीन्न नारा सहितका आवाजहरुले कुनै किसीमको प्रभाव पार्न नसकेको भन्दै यसका लागि आफु स्वयममा सोचमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । आफु स्वंयम हरेक कुरामा संकुचित सोच्ने भएकाले लैंगिक हिंसाका घटनाहरुमा कमी आउँन नसकेको उहाँको धारणा थियो ।
शान्ती महिला छलफल केन्द्रका अध्यक्ष टिका वि.क. को अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगीक हिंसा न्युनीकरणका लागि सबै एक आपसमा हेरीने दृष्टिकोण र सोचमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिदै आफु बाट यसको अन्त्यका लागि लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा ईलाका स्वास्थ्य चौकि हेकुलीका प्रमुख टेक बहादुर खत्री, कृषि शाखाका योगमाया कवँर,आशिष वि.सी, सिडका भरत वली , विभीन्न समुहका महिला प्रतीनिधि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण सस्ंथाका सचिव गंगा पुरीले गर्नुभएको थियो । शान्ती महिला छलफल केन्द्र चितानपुरको आयोजना एंव सिड संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।