तुलसीपुर उपमहानगरपालिकाका पश्चिम तर्फका सटर हटाईने

तुलसीपुर, ३१ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो भवनको पश्चिम तर्फ रहेका सटरहरु हटाउने भएको छ । उपमहानगरपालिकाले विहीबार सूचना जारी गर्दै त्यहाँ बनेका सटरहरु असार मसान्तसम्म हटाउन अनुरोध गरेको छ । त्यहाँ उपमहानगरपालिकाले नै सटर बनाएर भाडामा लगाएको थियो । तर, सटरहरु पुराना भएकाले पालिकाले ति संरचना हटाएर कार्यालय ब्यबस्थापनकालागि प्रयोग गर्ने भएको छ । त्यहाँ पार्किङ स्थल बनाउने तयारी रहेको उपमहानगरपालिकाले सूचना जारी गरि जानकारी दिएको छ । तुलसीपुर ५ घ कित्ता नं.८१२ को जबि ०-१०-० जग्गामा टहरा बनेका थिए ।