
दीपक बोहरा
दाङ, २२ साउन ।
दाङको राप्ती गाउँपालिका भित्र निर्माण हुन लागेको राप्ती चक्रपथ अन्तर्गत १७ किलोमिटर कालोपत्रे भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार ३७ किलोमिटर लामो उक्त चक्रपथ अन्तर्गत हाल १७ किलोमिटर कालोपत्रे भइसकेको छ । यस बर्ष पनि तीन करोड रुपैँया उक्त चक्रपथकालागि बजेट बिनियोजन भएको छ ।
हाल राप्ती गाउँपालिका वडा नं.६ मजेरियादेखि वडा नं.२ को खुरिरियासम्म कालोपत्रे भएको छ । दक्षिणतर्फबाट उक्त सडक स्तरबृद्धिको काम भएको हो । उक्त सडकको दक्षिणमा लमही १ सुनपुर, पूर्वमा पाखापानी, उत्तरमा सिंगेगोलालाई आधार बनाएर उक्त चक्रपथको काम भइरहेको हो ।
यस बर्ष उत्तरतर्फबाट काम गर्ने तयारी रहेको समेत पालिका अध्यक्ष विष्टले बताए । उनले यो सडक राप्तीको गौरवको योजनाका रुपमा रहेको समेत बताए ।



लाइभदाङ । २२ श्रावण २०८३, शुक्रबार ०६:३३ बजे