चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

तुलसीपुर, ३१ जेठ । चक्कु प्रहारबाट गम्भीर घाइते तुलसपुर ४ निवासी २४ बर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको थियो, भने नेपालगञ्जले भारत रेफर गरेको थियो ।


खड्कालाई मंगलबार राति १२ बजेतिर घर नजिकै बसिरहेको अबस्थामा युवाहरुको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारमा संलग्न भएको भन्दै प्रहरीले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २०/२२ बर्षका विकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतक खड्काको विहीबार नै गोटीखोला घाटमा दाहसंस्कार गरिने भएको छ ।