दाङबाट मोटरसाईकलमा काठमाडौं जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर
४ साउन /कपिलवस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृत्यु भएको छ भने बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिए । र्दुघटनामा परेर गम्भीर घाइते भएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो ।


मोटरसाईकलमा पछाडी सवार मृतको बहिनी १७ बर्षकी मकुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका–९ चम्पापुरमा रा७प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमाडौ जाँदै थिए ।