दंगीशरण–३ मा १५ दिने ढकिया बुनाइ तालिम सम्पन्न

दंगीशरण, ३० जेठ ।
दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा १५ दिने ढकिया बुनाइ तालिमको आज बुधबार एक कार्यक्रमकाविच सम्पन्न गरिएको छ । वडा नं. ३ का वडा अध्यक्ष सुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा १५ दिने ढकिया बुनाइ तालिमको सम्पन्न गरिएको हो ।

उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानियस्तरको कला कौशललाई देश बिदेशसम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाइ व्यबहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।पुरानो कला संस्कृती र परम्परालाई जोगाइराख्न यस्ता सिपको विकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ । आधारभुत तालिम दिएको र सहभागीहरुको रुचि र माग अनुसार एड्भान्स तालिम समेत प्रदान गर्न सकिने बताउनुभयो । तालिम सिकेर एउटा सफल व्यावसायि,उद्यमी बन्नसके मात्र तालिमको उपलब्धि हुने अध्यक्ष गिरीले बताउनुभयो ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती पिमा वलि खड्काले विकासका पुर्वाधारका साथ साथै लक्षित बर्गका नागरिकको सिप विकासका लागी बजेट विनियोजन गरेको बताउनुभयो । परम्परागत भन्दा पृथक सैलिबाट आकर्षक तवरले बुनियाका स्थानीय उत्पादनले बिदेशी बजारमा समेत मुल्य पाउने उपाध्यक्ष खड्काको भनाइथियो । सिप कहिले नमर्ने र सिप हासिल गरेपछि थोरै भए पनि आयआर्जनमा सहयोग मिल्ने उपाध्यक्ष खड्काले बताउनुभयो ।सिप सिकेर उद्यमी बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

प्रशिक्षक कमला चौधरीले तालिम लिएर मात्र नहुने भित्री मनदेखिनै खालि समयको सदुपयोग गर्दै व्यवहारमा उतार्दिन आग्रह गर्नुभयो ।प्रशिक्षार्थि हिमा कुमारी चौधरीले आगामि दिनमा अझै सिप अभिबृद्दी गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।वडा सदस्य रामकलि चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सदस्य लक्ष्मणदास चौधरीले गर्नुभएकोथियो ।