रुकुमबाट दाङ तर्फ आउँदै गरेको बसमा ढुङ्गा प्रहार सल्यानका ९ जना पक्राउ

सल्यान, २५ असोज ।
रुकुमबाट दाङ तर्फ आउँदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा बुधबार साझ सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालक माथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत,सोही ठाउँका २२ वर्षीय शुसिल कवर, १८ वर्षीय गणेश कवर, २० वर्षीय सदिन्प भण्डारी, २२ वर्षीय दिपक कवर, दिपक रावत, २१ वर्षीय अजय कवर, २२ वर्षीय प्रविन भण्डारी, शारदा नगरपालिका ७ का २२ वर्षीय दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


उनिहरुले समुहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालक माथि हातपात समेत गरेको प्रहरीको भनाइ छ । गाडीको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरीले बाएको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको छ।