अखिल क्रान्तिकारी तुलसीपुरको अध्यक्षमा विक

तुलसीपुर
९ भदौ / माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) तुलसीपुरको अध्यक्षमा अमर विकलाई चयन गरिएको छ । बुधबार तुलसीपुरमा भएको सम्मेलनले बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा सिर्जना ओली, हिमाल ओली, सचिबमा अमृत आचार्य , सहसचिब मधुसुदन दाहाल र देबेन्द्र रिजाल तथा कोषाध्यक्षमा ससांक बस्नेतलाई चयन गरिएको हो ।

माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भिम बहादुर ओलीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर दहित अन्जान , नेकपा माओबादी केन्द्र तुलसीपुर नगर कमिटी अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यमा सम्मेलन भएको हो ।


कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्ब केन्द्रिय सचिवालय सदस्य मीनराज ओली, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गोपाल घर्ती, दुर्गा बिक, अखिल क्रान्तिकारी दाङ्गका संयोजक जंग रोका, विद्यार्थी नेत्री बिन्दु खड्का, नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य तुलाराम भन्डारी, तुलीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माइकल लगायतले प्रशिक्षनात्मक मन्तब्य ब्यक्त गरेका थिए ।

क्रमको सहजीकरण मिसन सुनारले गरेका थिए ।