दाङमा काँग्रेसका ६ प्रदेशसभा सभापतिकालागि १३ जनाको उम्मेदवारी

दाङ
३ मंसिर / नेपाली कांग्रेसको ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रको सभापतिकालागि दाङमा १३ जनाका उम्मेदवारी परेको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तरर्गत हुन लागेको प्रदेशसभा निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको हो ।

दाङको निर्वाचन क्षेत्र नं. १ को (क) को सभापतिकालागि ताराबहादुर डिसी र श्रीपद चौधरी, (ख) को सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले उम्मेदवारी दिएका छन् ।


शनिबार हुने निर्वाचनकालागि दाङ निर्वाचन क्षेत्र नं. २ को (क) को सभापति पदका लागि प्रकाश क्षेष्ठ र दुर्गा जीएमले उम्मेदवारी दर्ता गराएका छन्, भने (ख) मा अभियान बस्नेत र लालबहादुर गिरीले सभापतिकालागि उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ को (क) को सभापति पदका लागि देबेन्द्र रिजाल र बलिराम खत्रीले उम्मेदवारी दर्ता गराएका छन्, भने (ख) को सभापतिका लागि खिमबहादुर वली, टिकाराम घर्ती र चुडामणि ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।