माओवादी केन्द्र शाखा समिति, दाङ क्षेत्र नम्बर २ को अध्यक्षमा आचार्य

घोराही, १० जेठ ।
नेकपा (माओवादी केन्द्र) शाखा समिति, दाङ क्षेत्र नम्बर २ को प्रथम सम्मेलन घोराहीमा सम्पन्न भएको छ । शनिवार समितिका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले शालिकराम आचार्यको नेतृत्वमा ५५ जना सदस्यको नयाँ कार्यसमिति सदस्य चयन गरिएको हो ।

घोराहीम भएको सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज आचार्यले देशको विकास र समृद्धि माओवादी पार्टी बलियो भएर मात्रै सम्भव हुने बताउनुभयो । देशको सामाजिक न्याय, समावेशीता र संरचनात्मक परिवर्तनको एजेण्डा पूरा गर्न माओवादी नेतृत्व अपरिहार्य रहेको उहाँको भनाई थियो ।

यस्तै उहाँले पार्टीलाई अझ बलियो र सशक्त बनाउने कार्यमा नवनिर्वाचित कमिटीको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताउनुभयो । उहाँले नयाँ नेतृत्वले पार्टीभित्र संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र जनताको विश्वास जित्ने दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।


यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज शर्मा डायमण्डल पार्टीको बलियो उपस्थिति नै समावेशी लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षा तथा आर्थिक विकासको आधार भएको दाबी गर्नुभयो । माओवादी आन्दोलनले ल्याएका परिवर्तनहरू संस्थागत गर्न र जनताको आधारभूत आवश्यकता पूरा गर्न पार्टीलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको उहाँको भनाई थियो ।

यस्तै, कार्यक्रममा सम्बोधन गर्दै केन्द्रका केन्द्रिय भिम कुमारी बुढा मगर, केन्द्रका केन्द्रिय एवं दाङ जिल्ला सह ईन्चार्ज राम बहादुर दहित, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य मस्त बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश, सल्लाहकार समितिका अध्यक्ष नर बहादुर अधिकारी, प्रदेशका सचिवालय सदस्य एवं घोराही नगर इन्चार्ज तुल्सी डाँगी मिलन, प्रदेश सदस्य एवं दाङ जिल्ला प्रचार विभाग प्रमुख अजयदिप शर्मा, जिल्ला सचिव विश्वराज आचार्यले पार्टीलाई बलियो, सशक्त र जनमुखी बनाउने प्रक्रिया सबैको साझा प्रयास बिना सम्भव नहुने बताएका छन् ।

उनीहरुले माओवादी आन्दोलनको मूल मर्म जनताको सहभागिता र साझा जिम्मेवारीमा आधारित रहेको स्मरण गराएका थिए । समितिका उपाध्यक्ष परिमाण बुढाको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजिकरण कोषाध्यक्ष ह्रिण्य मरासिनीले गर्नुभएको थियो ।