कालोमोसो प्रकरण : २४ घण्टासम्म पनि पक्राउ नपरेपछि प्रहरी कार्यालयमा धर्ना

दाङ
१२ भदौ / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको २४ घण्टा वित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउसो १ बजेदेखि साढे १ बजेसम्म ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४/ ५ जना युवाहरुले डा. सिंह माथि दुव्र्यबहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डा. माथि कालोमोसो दलेका थिए ।

साथै आज १ बजेदेखि अस्पतालमा कालो पट्टी बाँधेर स्वास्थ्यकर्मीहरुले इमरजेन्सी सेवा दिने समेत निर्णय भएको अस्पतालका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । यदि घटनाका विषयमा स्थानीय प्रशासनले चासो नदिए भोलि(आईतबार) विहान ८ बजे विरोध स्वरुप बजार परिक्रमण गर्ने समेत निर्णय भएको उनले बताए । यदि घटनामा संलग्नहरु पक्राउ नगरेमा अन्य आन्दोलनका कार्यक्रमहरु आईतबार सार्वजनिक गरिने उनको भनाई छ ।


May be an image of 1 person and text

 

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'