किसानमाथिको ठगी

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का किसानहरुलाई सुर्खेत स्थित जनता बहुउद्देश्यीय एग्रो फरेष्ट्री प्रालिले ठगी ग¥यो । कुखुराका चल्ला विक्री गर्न अनेक हत्कन्डा लगायो । एकल तथा अपाङ्गता भएका ब्यक्तीहरुलाई चल्लाका खोस समेत बनाई दिने भन्दै आफूसंग भएका चल्लालाई ‘चाईनिज’ कुखुराको चल्ला भन्दै तीन सय रुपैँया प्रतिगोटा विक्री ग¥यो । ति चल्ला ४/५ किलो भएपछि आफैले खरिद गरिदिने भन्दै निर्दोस सिंहसहितका ब्यक्तीहरुले चल्ला चलनचल्तीको भन्दा बढि मूल्यमा विक्री गरे । बीच–बीचमा चल्लालाई औषधी पनि उपलब्ध गराउने उनीहरुको आस्वासन थियो । बीचमा केही समय उनीहरुले औषधी पनि दिए । जब चल्ला विक्री गर्न लायक भए, त्यसपछि उनीहरु सम्पर्क विहीन बने । किसानको सम्पर्कमा आएनन् । त्यसपछि मात्रै किसानहरुलाई थाहा भयो–हामीहरु ठगिएका रहेछौं । त्यसपछि किसानहरु प्रहरी प्रशासनमा धाउन थाले तर, पनि न्याय पाएनन् ।

ति प्रालिका ब्यक्तीहरु सुरुमा वडा कार्यालयमा पनि पुगे । तर, वडाध्यक्ष तुलसी थापाले त्यसको बैधानिकताको प्रश्न उठाएपछि उनीहरु सिधै किसानहरुसंग जोडिए । उनीहरु किसानहरुसंग जोडिएपछि किसानले ऋण लिएर भएपनि कुखुरा पालन गर्न सुरु गरे । उनीहरुको बैधानिकतामाथि किसानलाई खासै चासो पनि भएन्, त्यता तिर ध्यान जाने कुरा पनि थिएन । किसानहरु त प्रालिले देखाएको ‘स्किम’मै प्रभावित भए र, हाम फालेर लगानी गरे । माघदेखि पालन सुरु गरेका उनीहरुले अहिले ५ किलोसम्मका कुखुरा बनाइसकेका छन् । ‘चाइनिज’ चल्ला भनेपनि ति लेसका चल्ला रहेको विज्ञहरुले बताउँछन् । अहिले बजारमा बेच्न खोज्दा पनि न्यून मूल्यमा माग भइरहेकाले किसानहरुले अहिले कसरी ब्यबस्थापन गर्ने भन्ने चिन्तामा छन् ।


पछिल्लो समय किसानहरुलाई पनि यसरी गठी गर्ने गिरोह सक्रिय भएको छ । सोझा–साझा किसानलाई विभिन्न स्किम देखाएर गठी गर्दा उनीहरु प्रत्येक्ष मारमा पर्ने गरेका छन् । तर, अहिले जसरी ठगी हुने गरेका छन्, यसमा त्यहाँको स्थानीय सरकार, अगुवाहरुसंग छलफल गरेर मात्रै कारोवारो गर्दा त्यस्तो समस्या आउने थिएन । त्यसैले थाहा नभएको कुरा तथा अरुले प्रलोभनमा पारेर आबश्यकता भन्दा धेरै लाभ देखाउन थालेमा त्यसमा सचेत भएर मात्रै कारोवार गर्नुपर्छ, अनि मात्रै हरेक ब्यबसाय सुरक्षित हुन सक्छ । साभारः अग्रिम साप्ताहिक