कालोमोसो प्रकरणको छानविन सत्य, तथ्य होस्

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको प्रकरणमा पक्राउ परेका तीन जनालाई ५० हजार धरौटीमा छुटेका छन्, भने एक जनालाई कारागार पठाईएको छ । तीनजनालाई धरौटीमा छुटेपछि पीडित डा.सिंहले आपत्ति जनाएर सामाजिक सञ्जालमा आफ्ना अभिब्यक्तीहरु दिने गरेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई मोसो लगाउने ति चार जना पात्रहरु कसैको प्रयोगमा आएको अभिब्यक्ती दिने गरेका छन् । लामो समयदेखि अस्पताल मेसु विहीन छ । निमित्त मेसुले भएपनि काम चलाउने गरिएको छ । त्यही कामचलाउ मेसुकै लागि आफूलाई कालोमोसो दलिएको भनि आएका उनका अभिब्यक्तिले अस्पतालकालागि ठूलो प्रभाब पार्छ ।

निमित्त मेसु दाङ भन्दा बाहिरका ब्यक्ती हुन् । प्राय : डाक्टरहरुले अस्पतालमा आउन नमान्ने पहिलेदेखिकै समस्या हो । सुरक्षाकै कारण पनि प्रादेशिक अस्पतालमा डाक्टरहरु आउन नमान्ने गरेका थिए । अहिले डाक्टरमाथि नै कालोमोसो दल्ने त्यो पनि कुनै कारण विना । यसले अस्पतालको सुरक्षामा झनै ठूलो चुनौति थपिएको छ ।अस्पताल सम्वेदनशील क्षेत्र हो । जनताको स्वास्थ्यसंग जोडिएको यो विषयमा कुनै राजनीतिक आग्रह, पूर्वाग्रह जोडिनु राम्रो होईन् । तर, प्रायः अस्पतालका केशहरुमा राजनीतिक हस्तक्षेप बढि हुन्छ । यसले गर्दा पनि अस्पतालको सुधार हुन सकेको अबस्था छैन । यसरी पटक–पटक हुने योजनाबद्ध घटना र राजनीतिक संरक्षणले अस्पताल बदनामित हुने गरेको छ ।


अस्पतालमा समयमा चिकित्सकहरु न्आउने समस्या छन्, नै यसलाई सुधार गर्न नै पर्छ । तर, केही चिकित्सकहरुकै कारण सबै चिकित्सकहरुलाई दोष दिनु भने राम्रो कुरा होईन् । अहिले कालोमोसो प्रकरणामा पीडित पक्ष सन्तुष्ट हुन नसक्नु राम्रो कुरा होईन् । पीडित पक्षको माग बमोजिम छानविनलाई अघि बढाउनु पर्छ । डा. सिह पक्षले त्यो दिन कालोमोसो दल्न खटिएका सर्जन परियारलाई क–कसले फोन गरेका थिए, त्यसको कल डिटेलका आधारमा छानविन हुनुपर्ने माग राख्दै आएको छ । पीडित पक्षको माग अनुसार सम्बन्धित निकायले छानविन गर्नुपर्छ, भने सामाजिक विषय भएकाले सबैले यसमा दवाव दिन आबश्यक छ ।