पत्रकारिता पेशालाई समाजको ऐनका रुपमा हेरिन्छ । त्यति मात्रै होईन्, समाजले राज्यको चौथो अंगका रुपमा स्वीकार गरेको छ । राज्यका तीनवटा अंग मिलेर मुलुकलाई घात गर्न थालेमा चौथो अंग पत्रकारिताले सन्तुलन गर्छ, भन्ने मान्यताले नै समाजले चौथो अंगको दर्जा दिएको हो । मुलुकको रक्ष गर्ने दायित्व पत्रकारितामा छ । समाजका हरेक परिवर्तनकालागि पत्रकारिताले खेलेको भूमिका महत्वपूर्ण छ । मुलुकका हरेक पटक ब्यबस्था परिवर्तनमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेले । कति पटक पत्रकारका कलमका निप भाँच्न खोजियो, कति छापाखानालाई ध्वस्त पार्न खोजियो, त्यस्तो अबस्थामा पनि आफ्नो धर्ममा नडग्माएकै कारण, समाजले पत्रकारितालाई चौथो अंगको दर्जा दिएको हो ।
पत्रकारिता क्षेत्रको जुन मर्यादा थियो, त्यो कायम छ । पत्रकारिताप्रति समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा ब्यापक विकास भयो । छोटो समयमा जहाँ धेरै विकास हुन्छ, त्यहाँ चुनौति पनि थपिन्छन् । पछिल्लो समय त्यही एउटा चुनौति थपिएको जस्तो अनुभूति भने पक्कै पनि भएको छ ।
पत्रकारका विषयवस्तुहरु सधै समाज रुपमान्तरणमुखी हुनुपर्छ । पत्रकारले चलाएको कलमले नै समाजलाई मार्ग निर्देश गर्ने हो । त्यसैले निकै सम्बेदनशील पेशा पनि हो । विगतदेखि पत्रकारप्रति भरोसा गर्दै आएको समाज अहिले भने पत्रकार आएमा डराउने अबस्था हुनुहुदैन । हामीले समाजका हरेक विकृति, विसंगति अन्त्य गर्दै सुशासनयुक्त समाज निर्माण गर्न सभ्य,मर्यादित र धर्मलाई सिरोपर गर्दै जाने हो । त्यो भएमा समाजमा पत्रकारिताप्रति जुन विश्वास छ, त्यो विश्वास कायम रहन्छ । अन्यथा, अग्रजहरुले ठूलो त्याग र बलिदानबाट जोगाएको इज्जतलाई अहिलेको पुस्ताले जोगाउन ठूलै चुनौति भोग्नु पर्छ । त्यसैले अहिलेको नयाँ पुस्ताले पत्रकारिताको धर्म, मार्गनिर्देश, आचरसंहिता अनुसार काम गरौं र यो समाजलाई सभ्य बनाएर आफैसंगै हिडाऔं । ब्यक्तीलाई केन्द्रमा राखेर, भन्दा पनि समाजलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्छ, त्यसले समाजलाई न्यायोचित गर्छ । दाङमा पत्रकार महासंघले दुई दिने मिडिया सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा यो विषयमा गम्भीर रुपमा बहस हुन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १९ चैत्र २०८०, सोमबार १८:४२ बजे