विद्यार्थीले विदामा के गर्ने ?

अहिले २०७९ सालको कक्षा एक देखि नौ कक्षा सम्मको शैक्षिक सत्र सकिन लागेको छ ।बर्ष दिन भरिको अध्ययन , बिधालय आवतजावत ,, होमवर्क , आदि बाट बिद्यार्थी बाबुनानीहरु मुक्त भएको अनुभव गर्दछन अबको कम्तिमा १५ दिने बिदामा।

बिधालय , अभिभावक र शिक्षकहरुले बालबालिकाको चौतर्फी बिकासका लागि बौद्धिक बिकास मात्र नभई शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक र आध्यात्मिक पक्षमा आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिवर्तन भन्ने बुझ्नु पर्ने हुन्छ।बर्ष दिन भरि बिधालय भित्र माथि उल्लेखित सम्पुर्ण बिकासहरु बारेमा सिकाई हरु गरिएको हुदैन।

कतिपय बालबालिका बिकासहरु समय परिस्थिति , परिवेश , समाज ,रहनसहन र अनुभवबाट पनि सिक्न सकिने हुन्छन ।अत: यो बिदालाई कक्षा बाहिरको सिकाईको रुपमा सिकाउन सकिन्छ। भनिन्छ , जीवनमा कक्षा भित्रको सिकाईले भन्दा कक्षा बाहिरको सिकाईले धेरै नै अर्थ राख्ने गर्दछ।बिदाको समयमा समेत बच्चाहरुले होमवर्क गर्नुपर्ने गरि कतिपय बिधालयले उनीहरुलाई कोर्षबाट नै होमवर्क दिइएको पाइन्छ।

यो बिदामा कोर्ष भित्र बाट भन्दा पनि बाहिरका निम्न लिखित रचनात्मक होमवर्क तथा परियोजनामा आधारित सिकाईहरु दिन सकिन्छ ।

१.बालबालिकाहरु लाई आफ्नो पुर्खौली घर वा जन्मथलो वा आफ्नो कार्यलय वा नया ठाउँमा घुम्न लिएर जानुहोस् र त्यहाँ सिकेका अनुभवहरुलाई लेख्न लगाउनुहोस। यसो गर्दा बालबालिकाहरुले आफ्नो समाजका मूल्य मान्यतासँग सजिलै घुलमिल हुनसक्ने विकास हुन जान्छ।बालबालिकाले अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै सामाजिकीकरणका आधारभूत सीपहरु सिक्दछन् ।

बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । भिन्न ठाउँको घुमाईले बालबालिकाहरुको भिन्दै मान्छेहरुको साथ र नयाँ ठाउँमा बस्ने बानीको बिकास हुन्छ। परिवारको मूल्यमान्यता,संस्कार र नाता गोताले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पर्न जान्छ।

२. अभिभावकहरुले आफ्ना बच्चालाई खाना बनाउन भाडा माझ्न , बिरुवा लगाउन अनि हेरचाह गर्न सिकाउनुहोस्। प्रकृतिमा भएका बोट बिरुवाहरुको महत्त्व बारेमा सिकाउनुहोस।

अभिभावकले साझ बिहान संगै आफ्ना बच्चासँगै खाना खानुहोस र बाबुनानीको समस्याहरुको बारेमा बुझ्नुहोस।यसो गर्दा बालबालिकाहरु ब्यबहारिक हुन्छन र आफ्नो काम आफैं गर्ने कलाको बिकास हुन्छ । माथी गरेका सबै अनुभवहरुलाई लेख्न लगाउनु होस।

३.टिभी, मोबाइल, कम्प्युटर जस्ता विद्युतिय यन्त्रबाट बच्चालाई टाढै राख्नुहोस् ।यसको साटो बालबालिकाहरुलाई ,चित्रकला,नृत्य , कविता , गित र प्रेरणादायी पुस्तकहरू पढ्न , खेलकुद जस्तै फुटबल भलिबल क्रीकेट आदि सिक्न लगाउनुहोस। आफु पनि सहभागी हुनुहोस्। यसो गर्दा बालबालिकामा आत्मबल बढनुका साथै समुहमा काम गर्ने बानीको बिकाश हुन जान्छ।


४.सुत्ने समयमा बच्चाहरुलाई जीवनी गाथा ,प्रेरणा दायक कथाहरू सुनाउनुहोस र यसले तिमिहरुमा कस्तो प्रभाव पार्यौ भनि लेख्न लगाउनुहोस।यसले उनीहरुको जीवन रमाइलो बनाउछ र समस्या संग जुध्न सक्ने बनाउछ।

५. प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै सम्भावनाहरु हुन्छन् । त्यो गुणलाई बढाउन विभिन्न खाले बिरुवाहरु, चट्टानहरु, किरा पुतली आदि संकलन गरि अध्ययन गर्न लगाउनुहोस।यसले उनिहरुमा जिज्ञासु र खोजमुलक कार्यलाई टेवा पुर्याउछ।

६. आफ्नो मातृ भाषा जस्तै थारु ,मगर, मौथली आदि सिक्न लागाउनुहोस।यसो गर्दा आफ्नो भाषा धर्म प्रति सम्मान बढन जान्छ।

७.सम्भव भए सम्म बिधुतिय सामाग्रीहरु जस्तै फृज, वासिङ् मेसिन , माइक्रोवभन, गिजर आदि चलाउन सिकाउनुहोस।यसले गर्दा आधुनिक समाजमा पछि पर्न पर्दैन ।

८.बालबालिकाहरुलाई दैनिक जीवनमा आबस्यक पर्ने कार्यहरु जस्तै लुगा लगाउन, धुन, पलिस गर्न, इस्तिरी लगाउन,कोरिबाटी गर्न, बेड मिलाउन गर्ने बानीको बिकास गर्न लगाउनुहोस।

९.बिहान शारीरिक ब्यायाम , योग मेडिटेसन गर्न सिकाउनुहोस।यसो गर्दा शारीरिक रुपमा तन्दुरुस्त हुन गई सिकाई प्रभावशाली हुन जान्छ।

१०.खानापिनमा बाहिरको खाना भन्दा घरमै हुने खानेकुरा खानमा जोड गर्नुहोस् ।

११.बालबालिकाहरुलाई माया र हौसला दिनाले उनीहरुमा विश्वास र सुरक्षाको भावना विकास हुन्छ, जुन पछि हुर्किदै र्जाँदा आत्मविश्वासमा परिणत हुन्छ । अभिभावकले गर्ने लगानी भनेको नै यही हो।अहिले यही कुराको कमिले बालबालिकाको नकारात्मक असर पर्न गई झनझन पढाइमा कमजोर हुदै गएको अवस्था छ।

(लेखक गोरखा सकेन्डरी स्कुल तुलसीपुरका विज्ञान शंकाय संयोजक हुन् ।)