दंगीशरण–३ को वडा कार्यालय भवनको सिलन्यास

दंगीशरण, २१ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवनको सिलन्यास गरीएको छ । आज एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष रउपाध्यक्ष र वडा अध्यक्षको उपस्थितिमा वडा कार्यालयको सिलन्यास गरीएको हो ।

उक्त भवन ८० लाख लागत बजेट मध्य ५२ लाख बिलोमा ओसिज कन्ट्रक्सनले निर्माण गर्न लागेको वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताउनुभयो ।


२०८२ पौष मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित कामको शुरुवात गरीएको निर्माण कम्पनिका प्रकाश महतराले जानकारीदिनुभयो । वडा कार्यालय भवन निर्माण भएसङ्गै नागरिकहरुलाइ सेवा लिन सहजहुने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।