दाङको राप्ती र बबई गाउँपालिकाले पनि भोलिदेखि विद्यालय खोल्ने

तुलसीपुर,२० जेठ । दाङको राप्ती गाउँपालिकाले पनि सोमबार देखि विद्यालय खोल्ने भएको छ ।

यस अघि सोमबारसम्म विदा दिएकोमा गर्मी घटेसंगै सोमबारदेखि नै विद्यालय खोल्ने निर्णय भएको पालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए ।


त्यस्तै बबई गाउँपालिका दाङले पनि सोमबारदेखि विद्यालय खोल्ने भएको छ ।