क्यानसंग सम्झौता नगरेर एयरपोर्ट बनाउन नसकिने रहेछ : मुख्यमन्त्री चौधरी

तुलसीपुर, ३ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नागरिक उड्डयन प्राधिकरण(क्यान)संगको सम्झौता विना टरिगाउँ एयरपोर्ट बनाउन नसकिने बताएका छन् । तुलसीपुरमा पत्रकारसंग कुरा गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताए । ‘क्यानसंग सम्झौता नगरेर हामीले केही काम गर्न नसक्ने रहेछौं, टेक्निकल समस्या हुने रहेछ’,उनले भने‘क्यानको प्रदिप जी अहिले बाहिर हुनुहुन्छ, उहाँ आएपछि हामीले सम्झौता गरेर त्यो अनुसार काम गर्छौं ।’


क्यानले आधा लगानी गर्ने र प्रदेश सरकारले आधा लगानी गरेर एयरपोर्ट बनाउने गरि तयारी गरेको बताएका छन् । टरिगाउँ एयरपोर्ट एतिहासिक र पुरानो भएकाले यसको स्तरबृद्धि नहुँदा चौतर्फी विरोध हुने गरेको छ । हाल एयरपोर्टको धावनमार्ग ७५० मिटर लम्बाई छ । जसमा १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।