तुलसीपुरमा कारमा आगलागी

दाङ, २० जेठ  । दाङको तुलसीपुरमा एक कारमा आगलागी भएको छ। आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको हो ।

तेल राखेर कार स्टार्ट गर्दा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर पम्पबाट केही पर पु¥याएका थिए । पेट्रोल पम्पको फायर एक्सटिंग्विसरको सहायताले कारमा लागेको आगो केहिबेरमै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसादद पोखरेलले बताए।


सोही कार ड्राइभिङ सेन्टर रहेको र वायरिङको गडबढीले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । केही दिन अघि पनि तुलसीपुरको पिपलबोट उकालोमा चलिरहेको मोटरसाइकलमा एक्कासि आगलागी भएको थियो ।