दाङमा बैशाखयता कोरोनाबाट २१० जनाको मृत्यु

दाङ
५ भदौ / दाङमा बैशाखयता २१० जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कर्यालय दाङको तथ्यांक अनुसार यस बर्ष बैशाखदेखि अहिलेसम्म २१० संक्रमितको मृत्यु भएको हो ।


यो संगै कोरोनाबाट दाङमा अहिलेसम्म २ सय ५८ जनाको मृत्यु भएको छ । यस्तै दाङमा अहिलेसम्म १२ हजार ४ सय ८९ जना संक्रमित भएका छन् । बैशाखयता मात्रै ८ हजार ८ सय १ जना संक्रमित भएका छन् ।

शनिबार मात्रै दाङमा थप १५ संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेको छ । अहिले अधिकांश संक्रमित घरमै छन् ।